कावासोती । ईलाका प्रहरी कार्यालय बुलिङटारले चोरीको काठ सहित प्रकाउ गरेको टेक्टर डिभिजन वन कार्यालय नवलपुरलाई बुझाएको छ । हिज आईतबार बिहान ईलाका प्रहरी कार्यालय बुलिङटारले गरेको ग्रामीण गस्तीको क्रममा ना६ त ५९९८ नम्बरको टेक्टरमा रहेको सालको २३ थान काठ र खयरको ४ थान काठ सहित डिभिजन वन कार्यालय नवलपुरलाई प्रहरीले बुझाएको हो ।
हिज आईतबार प्रकाउ गरीएको काठ आज (सोमबार) डिभिजन बन कार्यालयमा बुझाएको नवलपुर प्रहरीले जनाएको छ । काठ लुकाई छिपाई गरी चोरी गर्नेलाई भने ईलाका प्रहरी कार्यालय बुलिङटारले प्रकाउ नगरी छाडिदिएको स्थानियले आरोप लगाएका छन् । काठ चोरी गर्नेको पहिचान लुकाउन प्रहरी सक्रिय भएको बुलिङटारका स्थानियको आरोप छ । तर प्रहरीले काठ र टेक्टर ब्यावारिसे अवस्थामा फेला परेको बताएका छन् । अहिले डिभिजन बन कार्यालयमा काठ र टेक्टरलाई राखि अनुसन्धान गरीएको डिभिजन बन कार्यालय नवलपुरका प्रमुख बिजय सुबेदीले बताए।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१