शालिकराम भट्टराई
नवलपुर । ठेक्का प्रक्रीयाबाट सम्पन्न भएका योजना भन्दा उपभोक्ता समीतीबाट भएका योजना प्रभावकारी, गुणस्तरीय र कम लागतमा सन्चालन हुने गरेको एक कार्यक्रममा सहभागीहरुले दावी गरेका छन । कावासोती नगरपालीकाको आयोजनामा आज (आईतबार) भएको अन्र्तरक्रीया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा उपभाक्ता समीतीले योजना सञ्चालन गर्दा भोग्नुपरेको बाधा, अडचन, नियम कानुनमा भएका परीपार्जन गर्नुपर्ने कुराहरु, उपभोक्ता समीतीले के कस्ता कामहरु गर्न पाउछ र के कस्ता कामहरु गर्न पाउदैन लगाएतका बिषयमा अन्र्तरक्रीया गरीएको थियो ।
कार्यक्रममा कावासोती नगरपालीकाका कार्यपालीका सदस्य, नगरभित्र सञ्चालीत योजनाका उपभोत्ता समीतीका पदाधीकारी, कावासोती नगरपालीकाका बिभीन्न शाखाका कर्मचारी गरी ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुले अन्र्तरक्रीयाबाट सिकेका कुरा ब्यवहारमा लागु गर्ने बताएका थिए । कार्यक्रममा महालेखा परीक्षकको कार्यालय बबरमहल काठमाडौका अडीटर सन्तोष सापकोटाले सहजीकरण गर्नुभएको थियो भने सहभागीहरुको जिज्ञाशाको समाधान निर्देशक कृष्ण पौडेलले गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१