तिर्थराज डुम्रे
चोरमारा । नवलपुरमा पहिलो चरणमा एक हजार ८२ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत नाम टिपाएका एक हजार ८२ जनालाई पहिलो चरणमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवराज चापागाईले बताउनुभयो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयम् सेविका र निजि अस्पताल तथा क्लिनिकका स्वास्थ्यकर्मीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइने उहाँले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाको मध्यविन्दु नगरपालिकाका ८८ जना, गैँडाकोट नगरपालिकाका २०२ जना, विनयी त्रिवेणी गाउँपालिकाका १११ जना, बुलिगटार गाउँपालिकाका ३३ जना, देवचुली नगरपालिकाका १९७ जना, हुप्सकोेट गाउँपालिकाका ४४ जना, कावासोती नगरपालिकाका २२७ जना र बौदिकालि गाउँपालिकाका १८० जनालाई पहिलो चरण खोप लगाइने छ ।
प्रदेशबाट मंगलबार सम्म जिल्लामा खोप प्राप्त हुने गरि सम्पूर्ण तयारी भएको र माघ १४ देखि १७ गते सम्म मध्यविन्दु जिल्ला अस्पतालमा सबैलाई खोप लगाइने उहाँले बताउनुभयो ।
जिल्लामा खोप भण्डारको क्षमता राम्रो रहेको बताउँदै उहाँले फ्रिजहरुमा २ देखि ८ डिग्रि सेन्टीग्रेड चिसोमा राख्ने गरी व्यवस्थापन भएको जानकारी दिनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१