कावासाेति । प्रधानमन्त्री केपी शर्मा ओली निकटकाे राष्ट्रिय युवा संघ नेपाल नवलपुरकाे जिल्ला भेलाले साइबर सेना गठन गरेको छ । साेमबार कावासाेतिमा भएको भेलाले प्रबिन सापकोटा संयाेजक रहने गरि साइबर सेना गठन गरेको हाे ।जसकाे सदस्यमा गाेपाल लामिछाने ,नवराज राना,हाेमनाथ पाैडेल र विजय भुर्तेल रहेका छन् ।
नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ‘साइबर सेना’हरूलाई अबिर लगाएर शुभकामना दिएका थिए ।
साइबर सेनाले पार्टीका नेता–कार्यकर्ताविरुद्व सिर्जना गरिएको भ्रमलाई जोडदार रुपमा चिर्ने र भए गरेका राम्रो कामलाई सामाजिक सञ्जाल मार्फत जनता माझ लाने काम गर्ने नेकपा नेता महेश बस्नेतले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१