
तिर्थराज डुम्रे
नवलपुर, १० माघ । पूर्वी नवलपरासीको कावासोती–८ खर्कटामा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । खर्कटा जंगलको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना २२ प ६५५५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कावासोती नपा–३ का २४ वर्षीय हेमराज थापा र कावासोती नपा–८ का २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनिहरुको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।