सदिक्षा गैरे
कावासोती । कावासोती नगरपालिका वडा नम्बर ६ का स्थानिय हरु आफ्नो गाउँ आफै सफा गर्न निरन्तर लागि परेका छ्न् । उनिहरुले संचालन गरेको सरसफाई अभियानले हिज शनिबार चौथो हप्ता पनि निरन्तरता पायो । शनिबार स्थानियहरु भेला भएर विभिन्न टोलमा सरसफाई गरेका हुन् ।
आफ्नो गाउ आफै सफा गर्न हराभरा र स्वच्छ बनाउन त्यहाँका स्थानियहरुले सन्चालन गरेको अभियान ले नगरपालिका भरी प्रशंसा बटुलेको छ । कावासोती वडा नं ६ मा रहेका प्रतिभा युवा क्लब , मातृभुमी युबा क्लब , स्थानिय बाल क्लब , कावासोती नगरपालिका ६ नम्बर वडा कार्यालय , जनप्रतिनिधिहरु , युबा तथा बिध्यार्थिहरु को सक्रियतातामा सरसफाइ अभियान संचालन गरिएको हो । शनिबार कावासोती ६ को कृष्ण मन्दिरदेखि शुरु भएको सरसफाई शिवालय मन्दिर हुदै पुर्वटोलको दुर्गामन्दिरमा पुगेर सम्पन्न गरिएको थियो । स्थानियहरुले सञ्चालन गरेको सरसफाई अभियान हरेक शनिबार संचालन गरिने र यसलाई निरन्तरता दिईने सामाजिक अभियन्ता खुमाकान्त गौडेल ले जानकारी दिए ।
वडा नम्बर ६ मा रहेका बिभिन्न टोलहरुमा सरसफाइको लागि जनचेतना जगाउने र टोलवासीहरुलाई आफ्नो टोल सफा राख्न प्रेरित गर्ने उदेश्यले अभियान संचालन गरेको गौडेलले बताए । गाउमा सरसफाई अभियान सञ्चालन भएपछि स्थानीय बासिहरुको उत्साहजनक सहभागिता रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१