दयाराम आचार्य
कावासोती । कावासोती नगरपालिका –६, रिठ्ठेपानीका ७८ घर परिवारलाई खाद्य सामाग्रि प्रदान गरिएको छ । रिठ्ठेपानी प्रगतीटोलका ७८ घरपरिवारलाई खाद्य सामाग्रि प्रदान गरिएको हो । टोलका ७८ घर परिवारलाई कावासोती निवासी समाजसेवी पूर्ण कुमार श्रेष्ठ (याक्का)ले खाद्य सामाग्रि हस्तारण गर्नुभएको हो । कोभिड १९ को प्रभावका कारण धेरैको रोजगारी गुम्दा समस्यामा परेका छन् ।
चाडपर्वका समयमा तेस्ता घरपरिवारले एक दिन भएपनी रमाइलो गरि पर्व मनाउन भन्ने उद्येश्यले आफुले खाद्य सामाग्रि प्रदान गरेको सहयोगि दाता पूर्ण कुमार श्रेष्ठ (याक्का)ले बताउनुभयो । आफुलाई यस टोलको सबै परिवार संगै शुभकामना साटी खुसीयालीका साथ पर्व मनाउ भन्ने लागेर सक्दो सहयोग गरेको उहाँले बताउनुभयो ।
प्रगतीटोलका ७८ घर परिवारलाई प्रति घरपरिवार एउटा जिउदो कुखुरा, पाँच केजी चामल, दाल, तेल , नुन लगाएतका खाद्या सामाग्रि हस्तान्तरण गरिएको हो । खाद्य सामाग्रि सहयोगिदाता याक्का र उहाँकी धर्मपत्नी धनकुमारी श्रेष्ठले प्रदान गर्नुभएको थियो । खाद्य सामाग्रि प्राप्त गर्ने घरपरिवारले चाडपर्वको समयमा संगै खुसियाली साटौं भनी आफ्नो टोलमा आएर सहयोग गरेकोमा सहयोगि दाता समाजसेवी पूर्ण कुमार श्रेष्ठ(याक्का) लाई धन्यवाद दिएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१