
कावासोती , असोज ८ गते । नागार्जुन डेभलोपमेन्ट कम्युनिटिको आयोजनामा तथा सेफ द चिल्ड्रेनको सहयोगमा आज कावासोतीमा जिल्ला स्तरीय छलफल तथा वैठक भएको छ ।
जिल्लाका सरोकारवालाहरुसंगको छलफल तथा वैठकमा संस्थाले गर्ने कामका बारेमा जानकारी गराईएको थियो । संस्थाका कार्यकारी निर्देशक जगदीशचन्द्र भट्टले संस्थाले विषेश गरि वैदेशिक रोजगारीमा जाने कामदार , एच.आइ.भि संक्रमित , क्षयरोग , मलेरिया रोग लागेका व्यक्तीहरुलाई परिवार र समुदायले गर्ने भेदभाव र लान्छना अन्त्य गर्ने उदेश्यले लामो समयदेखि काम गर्दै आएको बताउनुभयो । नवलपरासी जिल्ला पनि वैदेशिक रोजगारीमा जाने जिल्लाको अग्रपङतीमा आउने भएकाले यहाँ पनि कार्यक्रम सुरुवात गरिएको भट्टले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने व्यक्तीहरुमा एच . आइ. भि संक्रमण लगायतका विभिन्न रोगको जोखिम हुने भएकाले त्यस्ता जोखिमबाट कसरी बच्न सकिन्छ त भन्ने बारेमा जनचेतना जगाउने , यदि रोग लागिहाले समुदायमा अन्य नागरिक सरह विना भेदभाव बाच्न पाउने उसको अधिकार रक्षा गर्न पैरवी र अभिमुखीकरण गर्ने काम संस्थाले गर्ने जानकारी दिनुभयो । यस्तै एच.आ.भि , क्षयरोग , मलेरिया रोग लागेका व्यक्तीहरुको जाँच गर्ने , उनीहरुको उपचारमा सहजीकरण गर्ने जस्ता काम गर्दै आएको बताउनुभयो ।
संस्थाले देशका विभिन्न ४१ वटा जिल्लामा काम गरिरहेको बताउनुभयो । उहाँले जिल्लामा कार्यरत विभिन्न सरोकारवाला संघसंस्थासंग मिलेर काम गर्ने गरि कार्यक्रम अगाढी बढाएको समेत बताउनुभयो । उहाँले सबैको साथ र सहयोगका लागि समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा सहभागि सरोकारवालाहरुले आफ्नो ठाउबाट निभाउन पर्ने भुमिका निभाईरहेको र सहकार्य गरेर अगाडी बढ्न समेत तयार रहेको प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण नगिलाले सहजीकरण गर्नुभएको थियो । उहाँले नागार्जुन डेभलोपमेन्ट कमिटीले सम्बन्धित सरोकारवालासंग मिलेर मानव अधिकार रक्षाका लागि काम गर्दै आएको बताउनुभयो । कनै पनि व्यक्ती रोग लागेर वा कुनै कारणवश परिवार र समुदायबाट भेदभाव र लान्छना भोग्दै आएको छ भने उसलाई बिना कुनै भेदभाव र रोकटोक स्वतन्त्रता पूर्वक बाच्न पाउने अधिकार हनन नहोस् र यदि हनन् भएको भए त्यसका लागि समन्वयकारी भुमिका खेलेर न्याय दिलाउने काम संस्थाले गर्ने बताउनुभयो ।
कार्यक्रममा मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक छविलाल सुवेदी , लुम्बिनी पलसका अध्यक्ष निर्मला पौडेल , पोषण कार्यक्रमका प्रतिनिधी , विभिन्न स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१