दयाराम आचार्य
कावासोती । अविरल वर्षाका कारण पहिरो जादा नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको दाउन्नेमा राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारण नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दाउन्ने स्थित विश्वकर्मा मन्दिर नजिक पहिरो जादा राजमार्ग पूर्ण रुपम अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताउनुभयो ।
अविरल वर्षाका कारण आज बिहान ७ बजेबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । दाउन्ने खण्डको बिभिन्न स्थानमा पहिरो खसेको प्रहरी नायव उपरीक्षक खाँणले बताउनु भयो । गएराति झण्डै चार स्थानमा साना साना पहिरो खसेर एक तर्फी रुपमा यातायात संचालन भएकोमा अहिले बिहान ७ बजे विश्वकर्मा मन्दिर नजिक फेरी पहिरो गएपछी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको उहाँले बताउनु भएको छ । राजमार्गमा झरेको पहिरो पन्छाउन सुरु गरिएको छ । तर वर्ष भईरहेकाले पहिरो खस्ने क्रम समेत नरोकिएकाले पूर्ण रुपमा यातायात संचालनमा आउन केही समय लाग्ने उहाँले बताउनुभयो । गएरातिनै मध्यविन्दु नगरपालिका स्थित फुलबारीमा समेत पहिरो खसेका कारण यहाँ समेत यातायात एकतर्फी रुपमा संचालन भईरहेको छ ।
दाउन्ने खण्डमा वर्षाको समयमा सधैं जसो साना ठुलो पहिरो जाने गरेको छ । जसले गर्दा पटक पटक राजमार्ग अवरुद्ध हुने गरेको छ । यहाँ पहिरो रोकथामका लागि भने वर्षा पूर्वनै खासै पहल हुने गरेको छैन् । जसले गर्दा वर्षाका समयमा यस खण्डामा पहिरो जादा यात्रुले सास्ती भोग्दै आएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१