भिम भुसाल
कावासोती । पूर्वी नवलपरासीमा सरकारको निर्देशन विपरित धमाधम विद्यालयमा पठनपाठन शुरु गरेका छन् । विगत एक हप्तादेखी नवलपुरको कावासोतीका आधा दर्जन भन्दा धेरै विद्यालयमा पठनपाठन चलिरहेको हो ।
देशमा कोरोनाको संक्रमण फैलिरहदा नवलपुरका निजि तथा सामुदायिक विद्यालयहरु सञ्चालनमा आएपछि तत्काल विद्यालय बन्द गर्न अनेरास्ववियू नवलपुरले निर्देशन गरेको छ । कावासोतीका विभिन्न विद्यालयमा अनुगमन गर्दै तत्काल बन्द नगरे अनेरास्ववियूले फरक कदम चाल्ने समेत निर्देशन गरेको अनेरास्ववियू नवलपुरका संयोजक ठाकुर पराजुलीले बताए ।
कावासोतीको त्रिभुवन बाल मावि, सरस्वती उच्च मावि गोछडा, लर्डबुद्ध एकेडेमी, लुम्बिनी आवासिय विद्यालय, नोवेल एकेडेमी, नवलपुर एकेडिमी डण्डा, सेन्टपल एकेडेमी लगाएतका निजि तथा सामुदायिक विद्यालयमा पठनपाठन चलिरहेको संयोजक पराजुलीले बताए ।
निजि विद्यालयले सामुदायिक विद्यालय सञ्चालनमा आएपश्चात सञ्चालन गर्नुपरेको बताएका छन् भने सामुदायिक विद्यालयले निजि विद्यालय सञ्चालनमा रहेकाले पठनपाठन गर्नुपरेको बताएका छन् ।
विद्यालयमा विद्यार्थिलाई विभिन्न बाहानामा कुनै सुरक्षाको उपाए नै नअपनाई सामाजिक दुरि कायम नै नगरि निर्वाध रुपमा पठनपाठन भैरहेको पराजुलीले बताए । अनुगमनको क्रममा विद्यालयहरु सञ्चालनमा भेटिएपछी तत्काल विद्यालय बन्द गर्ने सुचना जारि गराउन जिल्ला शिक्षा कार्यालय र कावासोती नगरपालिका शिक्षा शाखालाई अनुरोध गरेको थियो ।
तत्पश्चात कावासोती नगरपालिकाको शिक्षा शाखाले तत्काल विद्यालय सञ्चालन नगर्न नगराउन सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१