कावासोती । लगातारको बर्षा पछि आएको पहिरोमा पुरिएर पूर्बि नवलपरासी (नवलपुर) जिल्लाको बुलिङटार गाउपालिका २ डाडाझेरीमा २ जना वेपत्ता भएका छन् ।
चार दिन देखिको लगातार बर्षाका कारण आएको पहिरोले पूर्बी नवलपरासकिो बुलिङटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा एक घर पहिरोले पुरीए पछि दुई जना पहिरोमा पुरीएर बेपत्ता भएका हुन ।
जिल्लाको पहाडी बिकट गाउँ डाडाँझेरीमा गए रातीको पहिरोले स्थानीय डाडाँझेरी टाँणीका ७० बर्षीय शेरबहादुर सार्की र उनकी श्रीमति लाई बगाएको र घर समेत पुरेको उनका छोरा धनबीर सार्कीले जानकारी दिनुभयो ।
राती करीब तीन बजे तिर घर माथिबाट ठुलो पहिरो आयो र बुबा र आमा बसेको घर नै सुतेकै अबस्थामा पहिरोले लग्यो र बुबा आमा नै बेपत्ता हुनु भयो ,बुबा आमा संगै घरमा रहेका बाख्रा ,कुखुरा,सबै पहिरोले पुरेको धनबीरले बताउनुभयो ।
घटनाको गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रेमबहादुर थापा मगरले पुष्टि गर्दै घटनामा दुई श्रीमान श्रीमति पहिरोले पुरिएर बेपत्ता बनाएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरिले घटना घटेको जानकारी दिदैं घटनास्थल पहाडी बिकट क्षेत्रमा भएकाले प्रहरी परिचालन गरिएको बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१