डोलराज रानाभाट गैंडाकोट । गैंडाकोट नगरपालिकाका १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार गत असार ३० गते नेपाल राष्ट्रिय शमसेर माविमा संकलन गरिएको स्वावमा ५ जना नेपाल प्रहरी सहित १८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । अन्यमा केही होम क्वारेनटाइन र केही नगरपालिकाको क्वारेनटाइनमा वस्नुभएको थियो । उहाँहरुको स्वाव हेटौंडामा परीक्षण गरिएको थियो ।
१३ जना पुरुष र ५ महिलामा संक्रमण देखिएपछि उहाँलाई आइसोलेसनमा लैजाने तयारी भएको छ भने थप विवरण आउन वाँकी रहेको छ ।गत असार २९गते लक्ष्मी माविमा संकलन गरिएको स्वावका रिपोर्ट भने अझै आएको छैन । भरतपुरको कोभिड १९ परीक्षणमा पठाएको लामो समय हुँदा सम्म रिपोर्ट नदिँदा समस्या भएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१