कावासोती । नेपाल नेत्र ज्योति संघ नवलपुरले आँखा अस्पतालको लागि भवन निर्माण गर्ने भएको छ । संघको शुक्रबार कावासोतीमा बसेको पहिलो बैठकले भवन निर्माणका लागि जग्गा ब्यवस्थापनको काम थाल्ने निर्णय गरेको हो ।
सह सचिव योगप्रसाद शर्माको संयोजकत्वमा आँखा अस्पतालको जग्गा ब्यवस्थापन उपसमिति गठन भएको छ जसको सदस्यहरुमा काशीराम गैरे, कोपिला पौडेल, युक्तप्रसाद गौडेल र दुर्गाप्रसाद गौतम रहनु भएको छ ।साथै अरुणखोलामा प्राथमिक आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउने समेत बैठकले निर्णय गरेको छ ।
प्रथम जिल्ला अधिबेशनबाट निर्वाचित सदस्यहरुलाई समेत बैठकमा सभापति बिष्णुप्रसाद लम्सालले जिम्मेवारी प्रदान गर्नुभएको छ । उपसभापतिमा पदमा जिसी श्रेष्ठ, सचिवमा हुमनाथ जैंसी, कोषाध्यक्षमा उदयराज सिग्देल, सह सचिबमा योगप्रसाद शर्मा,सह कोषाध्यक्षमा केशबराज घिमिरे चयन हुनु भएको हो ।
बैठकले षडानन्द लामिछाने, ज्ञानेन्द्र न्यौपाने, बालु गिरी, अमृता खड्कालाई मनोनित गरेको छ ।बैठकले विद्रोही गिरीको संयोजकत्वमा आँखा शिवर उपसमिति रहेको छ जसको सदस्यहरुमा नरनाथ पाण्डे, पारेश्वर भुर्तेल, बालु गिरी ज्ञानेन्द्र न्यौपाने रहनु भएको छ ।
सल्लाहकारहरुमा मुक्तिराम पाण्डे,रमेश घिमिरे, युवराज रिमाल , सुर्य न्यौपाने,जगन्नाथ पौडेल , दिपक भण्डारी र नरदेव न्यौपाने बैठले चयन गरको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१