गैंडाकोट । बिहीवार देखि परेको वर्षाले पूर्व पश्चिम राजमार्गमा पर्ने गैंडाकोटको थुम्सीमा राखिएको डाइभर्सनमा रहेको माटो बगाएपछि वाटो अवरुद्ध भएको छ । बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन वाढीले बगाइदिएको हो । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार राति ४ बजेदेखि वाटो अवरुद्ध छ । अहिले निर्माणको कार्य भइहरेको उहाँले बताउनुभयो । कति बजेसम्म खुल्न सक्छ भन्न नसकिने प्रहरीको भनाई छ । यस अघि पनि वाटो साँधुरो भएको भन्दै नयाँ कल्भर्ट हालिएको थियो । उक्त समय पनि धेरै घण्टा जाम परेको थियो । नारायणगढ बुटवल सडक खण्ड विस्तार आयोजनाको कार्य जारी रहदा अस्थायी रुपमा वनाइएको कल्भर्ट त्यहि रहेको र तर त्यसमा राखिएको माटो वगाएको र पहिरो गएपछि अहिले ह्युम पाइपहरु मात्रै वाँकी रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१