दयाराम आचार्य
कावासोती ।जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वलाई भिटिएम किट प्रदान गरिएको छ । सांसद तिलक महतले स्वास्थ्य कार्यालय प्रमुख केशव प्रसाद चापागाईलाई किट हस्तान्तरण गर्नुभएको हो ।
नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा स्थापना गरिएको आइसोलेशनका तथा विभिन्न क्वारेण्टिनमा बसेकाहरुको स्वाब सङ्कलनमा सहजता होस भनेर किट हस्तान्तरण गरिएको सांसद तिलक महतले बताउनुभयो । सांसद महतले दुई सय थान भिटिएम किट हस्तान्तरण गर्नुभएको हो । प्राप्त भिटिएम किट आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितहरुको पुन ः परीक्षणका लागि प्रयोग गरिने छ ।
पिसिआर बिधिबाट कोरोना परीक्षणगर्दा स्वाब सङ्कलनकालागि भिटिएम किट आवश्यक पर्दछ । आइसोलेशनमा रहेकाहरुको पुन ः परीक्षण गरी नेगेटिभ आएमा घर पठाउने गरिएको छ । पुनः परीक्षणसँगै जिल्लाका विभिन्न स्थानका क्वारेण्टिनमा रहेकाहरुको स्वाब सङ्कलनकालागि प्राप्त भिटिएम किट आवश्यकता अनुसार प्रयोग गरिने स्वास्थ्य कार्यालय प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो । सांसद महतले भिटिएम किटसँगै उपचारमा खटिएका स्वास्थ्यकर्मीको सूरक्षाकालागि ५० थान एन ९५ मास्क समेत उपलब्ध गराउनुभएको छ । सामाग्रि हस्तान्तरण गर्दै सांसद महतले स्वाब सङ्कलनकालागि आवश्यक पर्ने थप भीडिप उलब्ध गराउन आफूले पहल गर्ने बताउनुभयो । साथै उहाँले कोरोना बिरुद्धको लडाइँमा सबै लाग्नुपर्ने बताउनुभयो । भिटिएम किट हस्तान्तरण कार्यक्रममा कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन, देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुषाल लगाएतको उपस्थितिरहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१