दयाराम आचार्य
कावासोती। नवलपुरका ७ जना कोरोना संक्रमितले कोरोनालाई पराजित गरेका छन् । नवलपरासी पूर्व नवलपुरको रहजर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशनमा रहेका जिल्लाका ७ जनाले कोरोनालाई पराजित गरेका हुन् । उनिहरुको चार दिन अघि गरिएको कोरोना परिक्षणमा नतिजा नेगेटिभ आएको हो । २७ जनाको कोरोना पुनः परिक्षण गरेकोमा ७ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो । कावासोतीका २, बौदिकालीका २, देवचुलीका १, विनयी त्रिवेणीका एक र गैडाकोटका एकजनाको कोरोनाको पुनः परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । यस अघि नवलपुरका ५ जनाले कोरोनालाई पराजित गरेका थिए । यो संगै जिल्लामा कोरोना पुन परिक्षणमा नतिजा नेगेटिभ आउनेको संख्या १२ पुगेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईले बताउनुभयो ।
उनिहरु सातै जनालाई आज आइसोलेशनबाट बिदाई गरिएको छ । सांसद तिलक महत, कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन सहित चिकित्सालयको टोलीले उनिहरुलाई बिदाई गरेका थिए ।
कोरोना जितेकाहरुकालाई बिदाई गर्दै सांसद तिलक महतले सातै जनालाई बधाई दिनुभयो । उहाले बाकी सबैलाई आफ्नो आत्मबल बढाउदै, सकारात्म सोच र चिन्तनका साथ कोरोनालाई पराजित गर्न सफल हुन शुभकामना दिनुभयो । सांसद महत र प्रमुख पुनले कोरोना पराजित गर्ने सातै जनालाई फुलको गुच्छा प्रदान गर्दै बधाई दिएका थिए । यस्तै कावासोतीका कोरोनालाई पराजित गर्ने दुई जनालाई प्रमुख पुनले नगरपालिका मार्फत एम्बुलेन्सको व्यवस्थापन गरि उनिहरुको घर सम्म जाने व्यवस्थापन गर्नुभएको थियो । आज डिस्चार्ज भएकालाई आवश्यक निर्देशन र अपनाउनु पर्ने व्यवहार लगाएतको बारेमा लिखित रुपमा जानकारी प्रदान गरि बिदाई गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो ।
रजहरको आइसोलेशनमा कुल १ सय २२ जना कोरोना संक्रमित रहेकोमा ७जना निको भएर घर गए संगै अब एक सय १५ जना रहेका छन् । चिकित्सालयमा हाल एक सय २१ बेड क्षमताको आइसोलेशन रहेको छ । थप ८० बेड आइसोलेशन निर्माणको काम चलिरहेको छ । एक दुई दिनमा थप ८० बेडको निर्माण सकिने छ । सांसद महतले आइसोलेशन निर्माण र व्यवस्थापनको बिषयमा समेत चिकित्सालय संचालक संग जानकारी लिनु भएको थियो । उहाले देशकै नमूना आइसोलेशन रहेको उल्लेख गर्दै यसको क्षमता बिस्तार र थप व्यवस्थापन गर्दै लगिने बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१