ज्ञानु पंगेनी
कावासाेेति । नवलपुरमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मध्यविन्दु नगरपालिकाका १७ जना र गैडाकोट नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीम जनाइएको छ ।
मध्यविन्दु नगरपालिकामा १७ देखि ४५ वर्ष उमेरसमूहका पुरुषमा संक्रमण पुष्टि भएको हो । दुई जना पुरुषको उमेर खुलेको छैन । पोखरामा गरिएको स्वाव परीक्षणमा मध्यविन्दु नगरपालिकाका १७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभएको छ ।
यस्तै गैंडाकोट नगरपालिकाका २८ वर्षका पुरुषमा संक्रमण पाईएको हो । भरतपुरमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा उहाँको पोजेटिभ रिपोर्ट आएको छ ।
आज थप भएका संक्रमितसंगै नवलपुरमा संक्रमितको संख्या ८४ पुगेको छ । हिजो मात्रै जिल्लामा १७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
कावासोती नगरपालिकामा ६ जना , मध्यविन्दुमा २२ जना जना , हुप्सेकोट गाउपालिकामा २३ जना, गैडाकोट नगरपालिकामा कोरोनामा ५ जना ,बौदिकालि गाउपालिकामा १३ जना, देवुचली नगरपालिकामा ८ जना, विनयी त्रिवेणी गाउपालिकामा ६ जना र बुलिङटार गाउपालिकामा १ जना संक्रमित रहेका छन् ।
अन्तिम रिपोर्ट नेगेटिभ आएर २ जना घर फर्किएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१