दयाराम आचार्य
कावासोती । कावासोती नगरपालिकाले आफै भिटिएम किट खरिद गरी स्वाब सङ्कलन गरेको छ । नगरपालिकाले जिल्लाबाट पर्याप्त भिटिएम किट उपलब्ध नभएपछि क्वारेण्टिनमा बसेका नगरका बासिन्दाको स्वाब सङ्कलनकालागि आफै भिटिएम किट खरिद गरेको हो । नगरपालिकाले एक सय ५० वटा भिटिएम किट खरिद गरेको हो । क्वारेण्टिनमा बसेका सबैको पिसिआर बिधिबाट कोरोना परीक्षणकालागि भिटिएम किट खरिद गरी नमूना सङ्कलनको कार्य शुरु गरिएको कावासोती नगरपालिका उप प्रमुख एवं विपद व्यवस्थापन समितिका संयोजक प्रेम शङ्कर मर्दनिया थारुले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयबाट पर्याप्त भिटिएको व्यवस्था हुन नसकेपछि क्वारेण्टिनमा बसेका व्यक्तिको कोरोना परीक्षणमा ढिलाई हुने भएपछि नगरपालिका आफैले भिटिएम किट खरिद गरी स्वाब सङ्कलनको कार्य अगाडि बढाएको उप प्रमुख मर्दनिया थारुले बताउनुभयो ।
कोरोना रोकथाम तथा नियन्त्रणमा विपद व्यवस्थापन समिति लागिरहेको भन्दै अब चाडै क्वारेण्टिनमा बसेर सात दिन नाघेका सबै व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षणको गरिने उहाले बताउनुभयो ।
नगरपालिकाले भारतीय सीमाबाट आफ्ना नागरिकको उद्धारको कार्य समेत निरन्तर सञ्चालन गरिरहेको उप प्रमुख मर्दनिया थारुले बताउनुभयो ।
नगरपालिकाको विभिन्न वडाका क्वारेण्टिनमा बसेका ५९ जनाको बुधबार मात्रै स्वाब सङ्कलन गरिएको कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनुभयो । प्राविधिकहरुको उपलब्धताको आधारमा अब क्रमश स्वाब सङ्कलनको कार्य हुने उहाले बताउनुभयो । हाल क्वारेण्टिमा बसेका सबैको कोरोना परीक्षण गर्ने गरी भिटिएम मगाएकाले स्वान नमूना सङ्कलन गर्न मापदण्ड पुगेका सबैको नमूना सङ्कलनको कार्य अगाडि बढने उहाले बताउनुभयो । उहाका अनुसार भारतबाट आएर क्वारेण्टिनमा बसेका कसैलाई पनि विना परीक्षण घर पठाइएको छैन् । केहीको आरडिटि बिधिबाट परीक्षण गरिएको र यो पनि कोरोना परीक्षणनै भएको उहाँले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१