कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा ३ शान्ति टोलका बासिन्दा नाला निर्माण भएपछि खुसी भएका छन् । कावासोती नगरपालिकाले आर्थिक बर्ष २०७६/२०७७ मा नाला निर्माण तथा बाटो स्तरउन्नतिका लागि रकम बिनियोजित गरेपछि नाला निर्माण भएको शान्ति टोल विकास संस्थाका अध्यक्ष उत्तम थापाले बताउनु भयो ।
राजमार्ग संग जोडिएको सदरमुकाम चोक नजिकको सडक नाला सहित स्तरउन्नतिका लागि समुदायले गरेको पहलमा नगरपालिकाले सम्बोधन गरेकाले निर्माण गर्न सम्भव भएको टोल विकास संस्थाका सचिव कमल अर्यालले बताउनुभयो । स्थानीयको लागत सहभाागीता रु ५ लाख ७५ हजार नाला निर्माण र उपभोक्ताबाट बिजुलीको पोलको ब्यवस्थापनका लागि रु ९८ हजार नौ सय २० सहित रु २९ लाख ७३ हजार नौ सय बीसको लागतमा नगरपालिका मार्फत निर्माणको काम भएको हो ।
नाला निर्माण संगै कावासोती खानेपानी तथा सरसफाई संस्थाले खानेपानीको पाइप विस्तार गरेपछि झन उत्साह बढेर गएको छ सचिव अर्यालले भन्नुभयो –‘ खानेपानी संस्थाका अध्यक्ष भीमलाल कण्डेल सहितको प्राबिधिक टोली आएर हेर्र्यो हाम्रो काम राम्रो भएकाले सडक बलियो बनाउन नाला बाहिर खानेपानीको पाइप बिस्तार गरिदिनुभयो’ ।
स्थलगत निरिक्षण पछि ५० एमएमको करिब ५ सय ५० मिटर पाइप उपलब्ध गराउने काम खानेपानीबाट भएको अध्यक्ष कण्डेलले जानकारी दिनु भयो । नाला निर्माण, खानेपानीको ब्यवस्थापन र बिद्युतीकरणको काम यसै बर्ष भएको छ यसले हामीमा खुसी ल्याएको छ स्थानीय सुनिता पौडेलले भन्नुभयो । राममन्दिर नजिकै नयाँ ट्रान्समिटर थप गरी बिद्युत बिस्तारलाई समेत सहज बनाउने काम भएको छ । नाला निर्माण खानेपानी र बिद्युतको बिस्तारले टोलको विकासमा योगदान गरेको छ स्थानीय घनश्याम श्रेष्ठले थप्नुभयो ।
नाला निर्माण राम्रो छ राजमार्ग छेउमा ह्यमपाइपको ब्यवस्थापन गर्न आबश्यक भएकाले नगरपालिकामा वडाको तर्फबाट कुरा राख्ने कावासोती वडा नं. ३ का सदस्य ऋषि बस्ताकोटीले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१