सुस्ताको अतिक्रमित भूमि फिर्ता गराउनुपर्छ ः सांसद महतकावासोती,जेठ २७प्रतिनीधि सभा सदस्य तिलक महतले सुस्ताको अतिक्रमित भूमि फिर्ता गर्न गराउन लाग्नुपर्नेमा जोड दिनुभएको छ । संसदमा बोल्दै उहाँले सरकारलाई सुस्ताको अतिक्रमित १४ हजार हेक्टर भूमि फिर्ता गराउने अभियानको झण्डा उठाउन आग्रह गर्दै यसकालागि जनताको साथ र सहयोग हुने बताउनु भयो । भारत द्धारा अतिक्रमित भूमि नेपालको नक्शामा समेटने काम भएकोमा उहाँले सरकारलाई धन्यवाद दिनुभयो । लिम्पियाधुरा, लिपुलेक,कालापानी आफ्नो भूमि भनी भारतीय सेना हट्म्पर्छ भन्ने आट प्रधामन्त्रीले गर्नुभएको भन्दै प्रधानमन्त्री र नेपाल सरकारलाई उहाँले धन्यवाद दिनुभयो ।
Posted by रेडियो कावासोती on Tuesday, June 9, 2020
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१