ज्ञानु पंगेनी
कावासाेति । कावासोती नगरपालिका १६ निवासी दिलमाया सुनारले तीन महिनाको घरभाडा मिनाहा गर्नुभएको छ ।
कोरोना भाईरसको महामारीका कारण देशमा भएको लकडाउनले गर्दा आम्दानीको बाटो नहुँदा खान समेत समस्या भईरहेको अवस्थामा घरभाडा तिर्न समस्या हुने महशुस गरेर तीन महिनाको घरभाडा मिनाहा गरेको सुनारले बताउनुभयो । सुनारले भाडामा बस्ने परिवारलाई आफैले चामल समेत प्रदान गर्नुभएको छ । लामो समयको लकडाउनका कारण आयश्रोत नहुँदा छाक टार्न समेत समस्या भएकाले चामल समेत दिएको सुनारले बताउनुभयो । साथै उहाँले लकडाउन थप भएमा लकडाउन अवधीभर घरभाडा समेत नलिने बताउनुभएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१