कावासोति । नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासोति नगरपालिकामा २ जना र विनयी त्रिवेणी गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कावासोति नगरपालिका १ का २२ वर्षीय पुरुष, कावासोति नगरपालिका १२ का ३६ वर्षीय पुरुष र विनयी त्रिवेणी गाउँपालिका ३ का १४ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरू सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको र उनिहरुलाई मध्यविन्दु जिल्ला अस्पताल लैजाने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईंले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१