कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा शनिबार ( जेठ १७) सम्म ९ सय ३६ जना भारतबाट आएका छन् । स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका अनुसार अहिलेसम्म जिल्ला भित्रका आठ पालिकाभित्र भारतका बिभिन्न ठाउँबाट ९ सय ३६ जना आएका हुन् । साथै देशभित्रका बिभिन्न जिल्लाबाट अहिलेसम्म ८४ जना आएका छन् ।
जिल्लाभित्र भारतबाट आउनेमा मध्यबिन्दु नगरपालिकाम सबैभन्दा धेरै २ सय ४ रहेको । यस्तै हुप्सेकोट गाउँपालिका १ सय ६९ जना, कावासोती नगरपालिकामा १ सय २०, विनयी त्रिवेणी गाउँपालिकामा १ सय १३, बौदींकाली गाउँपालिकामा १ सय ६, बुलिंगटार गाउँपालिकामा ९१, देवचुली नगरपालिकामा ८६ र गैंडाकोट नगरपालिकामा ४७ जना भारतबाट आएका छन् । सबैपालिकाले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेका छन् ।
जिल्लामा अहिलेसम्म पिसिआर माध्यमबाट कोरोनाको परीक्षण ३ सय ७ जनामा गरिएको छ जसमध्ये ६ जनामा कोरोना परीक्षण पोजेटिभ देखिएको छ । यस्तै अहिलेसम्म जिल्लामा २ हजार २ सय ९३ जनामा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईंका अनुसार गएको दुईदिन यता कोरोना भाइरस परीक्षणका लागी लिइएको ५४ नमुनाको रिपोर्ट आउँन बाँकी छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१