कावासोती । पूर्वी नवलपरासीमा शुक्रबार थप २ जनामा काेराेना संक्रमण देखिएकाे छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार संक्रमित हुने व्यक्ति देवचुली ११ का १९ वर्षीय र देवचुली १५ का २१ वर्षीय पुरुष रहेका छन् ।
देवचुली ११ का संक्रमितको स्वाव मध्यविन्दु अस्पतालमा वुधवार संकलित ३२ जना मध्येको हो । उहाँको भरतपुर कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको हो भने उहाँ भारतको महाराष्ट्रबाट यही जेठ १२ गते देवचुली आइपुग्नुभएको थियो । त्यस्तै अर्का संक्रमित २१ वर्षीय युवा भारतको उत्तरप्रदेश बाट यही जेठ ९ गते भारतबाट आउनुभएको थियो । उहाँको हिजो संकलित ४० स्वाव मध्येबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
अन्य थप विस्तृत विवरण आउन वाँकी रहेको छ । संक्रमित दुवै जनालाई मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ । यसअघि हिजो देवचुली मै एक १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखा परेको थियो । उहाँलाई भरतपुर स्थित कोरोना अस्थायी अस्पतालमा राखिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१