ज्ञानु पंगेनी
कावासोती । नवलपुरमा रुखको हाँगाले च्यापिएर एक जना बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले दिएको जानकारी अनुसार बौदीकाली गाउँपालिका एक मिथुकरमरम निवासी १४ बर्षीय बालक धनबहादुर विकको मृत्यु भएको हो ।
आफ्नो घर नजिकैको काभ्रोको रुखमा घाँस काट्ने क्रममा बालक आफैले काटेको रुखको हाँगाले लछारी च्यापिदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।
बालकको शब पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँ पठाइएको छ भने घटनाका बारेमा अनुसन्धान भईरहेको खाँणले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१