कावासोती । नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेको पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका ३९ जना सहित ५३ जनालाई गएराति नवलपुर ल्याइएको छ । स्थानीय तह र प्रशासनको समन्वयमा पहिलो पटक १७ जना र पछि ३१ जना गरी ४८ जनालाई गएराति नवलपुर ल्याइएको हो भने विहान थप पाँच जनालाई उद्दार गरिएको छ । अहिले उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पुर्याउने तयारी भईरहेको छ । कावासोती आसपास क्षेत्रकालाई भने कावासोती नगरपालिकाले सम्बन्धित पालिकामा लगेर छाडिदिएका छन् भने बौदीकाली र बुलिङ्गटारकालाई पनि सम्बन्धित गाउँपालिकामा लगेर छाड्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनीहरु अधिकांश भारतको उत्तर प्रदेश र मध्यप्रदेशबाट आएकाहरु छन् ।
४२ जना मध्ये गैडाकोट नगरपालिकाका २ जना, मध्यविन्दु नगरपालिकाका २ जना, कावासोतीका ५ जना, हुप्सेकोट गाउँपालिकाका १ जना, देवचुली नगरपालिकाका १ जना र ३ जना बुलिङटारका रहेका छन् भने बाँकी बौदीकाली गाउँपालिकाका हुन् । यस अघि पनि नवलपुरका बिभिनन स्थानिय तहले सिमा क्षेत्रमा अलपत्र परेकालाई नवलपुर ल्याएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१