भिम भुसाल नवलपुर । देवचुली नगरपालिका वडा नम्बर २ मा माईती घर भएकि २५ वर्षिय युवतीमा कोरोना भाईरस (कोभिड –१९) पोजेटिभ देखिएसँगै उक्त क्षेत्र शिल गरिएको छ । रुपन्देहिबाट अाएर एक हप्ता भन्दा बढी माईति घर बसेर बैशाख २९ गते काठमाण्डौ गएकी युवतीमा कोरोना भाईरस पुष्टि भएसँगै वडा नम्बर २ शिल गरिएको हो ।
उक्त माईती परिवारका सदश्यको कोरोना परिक्षण नगर्दासम्म देवचुली २ मा उच्च सर्तकताका अपनाईने र शिल कायम नै रहने देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालले बताउनुभयो ।
ती संक्रमित युवतीको स्वाब परिक्षण काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो ।
काठमाण्डौमा नै आईसोलेसनमा उपचाररत रहेको बताईएको छ । यसअघि पहिलो संक्रमित नवलपुरको देबचुली १२ का ४९ वर्षिय पुरुषको भरतपुररस्थित कोरोना अस्पतालको आईशोलेशनमा उपचार भैरहेको छ । योसँगै नवलपुरका २ जनामा कोभिड –१९ भाईरस संक्रमण फेला परेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१