काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीको उदासीपुर स्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामीलाई ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–८ बढैपुर बजारबाट सोही नगरपालिका १० बस्ने धामीलाई घुस लिइसकेको अवस्थामा बिहीबार पक्राउ गरेको हो ।
घरायसी विवादबारे दर्ता भएको मुद्दाका विषयमा इलाका प्रहरी कार्यालय मसुरीयामा प्रहरी कर्मचारीसँग मिलेर सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियारले धामीलाई पक्राउ गरिएको जनाएको छ । धामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१