काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए । उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो । गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका हुन् । (समाचार स्रोत अनलाईनखबर डटकम)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१