
कावासोती । लकडाउनका कारण नवलपुरमा रहेका ९ वटा इट्टा उद्योगहरुमा ५ सय बढी भारतीय मजदुरहरु अलपत्र परेका छन् । इट्टा व्यवसायी संघ नवलपुरका सचिव कृष्ण गौतमका अनुसार लकडाउनका कारण कच्चा पदार्थ कोइलाको अभावका कारण इट्टा उद्योगहरुमा उत्पादन बन्द रहेको हुदा मजदुरहरु घर जान चाहेको बताए । उत्पादन बन्द भएसँग नेपाल भित्र घर भएका मदजुर आआफ्नो घर गएको भए पनि भारतमा घर भएका मजदुरहरु घर जान नपाएको देखिएको छ । अलपत्र परेका मजदुरहरुलाई गत एक महिनादेखि इट्टा उद्योगकै सञ्चालकहरुले पालन पोषण गरेर राखेको इट्टा व्यवसायी संघ नवलपुरका सचिव कृष्ण गौतमले जानकारी दिए ।
लकडाउनका कारण ति मजदुरहरु अहिले इट्टा उद्योग भित्रै सुरक्षित रुपमा सेल्फ क्वारेन्टाइनमा बसेको छन् तर कतिपय इट्टा उद्योगहरुमा १ सयदेखि २ सयसम्म मजदुरहरु रहेका कारण उनीहरु सामाजिक दुरी कायम गराउन समस्या देखिएको उद्योग संञ्चालकहरुले बताएका छन । काम पनि नभएको दैनिकि चलाउन समस्या भएका कारण घर जान चाहे पनि मजदुरहरु घर जान नपाएको मजदुरहरुले बताएका छन । इट्टा उद्योगमा भारतको उत्तर प्रदेश, विहार लगायतका प्रदेशहरुका भारतीय मजदुरहरुको संख्या बढि छ । नेपाल भारत सीमा क्षेत्र नजिकै घर भएका कतिपय भारतीय मजदुरहरु लकडाउन भए लगतै साइकल र पैदलमै घर गएको भए पनि यहाँ रहेको मजदुरहरु सीमाबाट पनि ३ सय देखि ७ सय किलोमिटर पैदल दुरी पार गर्नु पर्ने भएका कारण घर जान नसकेर अलपत्र परेका छन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१