कावासोती । कोरोना बिरुद्धको लडाइमा सरकारसँगै विभिन्न सङ्घ सस्था लागिरहेका छन् । सर्वसाधारण समेत सरकारले गरेको लकडाउनको पालना गर्दै कोरोनालाई पराजीत गर्न लागिरहेका छन् । कोरोनाको कहरका कारण स्वास्थ्य क्षेत्रमा समस्या नहोस र विपन्न नागरिकको समेत दैनिक सहज होस भनेर जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली नगरपालिकामा राहत सहयोग गरेको छ । जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली नगरपालिकालाई हालसम्म ५ लाख ११ हजार बरावरको स्वास्थ्य तथा खाद्य सामग्री हस्तान्तरण गरेको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले आज देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई स्वास्थ्य सामाग्री २ लाख ११ हजार र खाद्य सामाग्री २ लाख गरी ४ लाख ११ हजार बरावरको स्वास्थ्य तथा खाद्य सामाग्री हस्तान्तरण गर्नुभयो । पुन प्रयोग गर्न मिल्ने १० सेट पिपिई, ७ थान थर्मगन, एन् ९५ मास्क १ सय थान, सर्जिकल पञ्जा ३ हजार थान, हेड क्याप १ सय थान, सर्जिकल मास्क २ हजार ४ सय थान, सहित २ लाख रुपैया बरावरको ४ हजार ३ सय ८० किलोग्राम बरावरको चामल खाद्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ ।यसअघि पनि जागृति बाल तथा युवा सरोकार नेपालले नगरपालिकाको खाद्य बैकमा १ लाख बरावरको खाद्य सामाग्री उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य सामाग्री आवश्यकता अनुसार कोरोना सङ्क्रमणको अग्रमोर्चामा देवचुली नगरपालिकामा रहेका स्वाथ्यकर्मीलाई प्रदान गर्न र नगरका विपन्न नागरिकलाई राहत स्वरुप खाद्य सामाग्रि वितरण गर्नकालागि सहयोग गरिएको जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१