कावासोती । साउदी अरबबाट आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका ३ जना र उनका परिवारका सदस्यहरुको आज स्वाब संकलन गरी परीक्षणका लागि पठाइने भएको छ ।पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका २ जना र मध्यविन्दु नगरपालिकाका १ जना साउदी अरबबाट भोजपुरमा आएका संक्रमित आएको जाहाजमा आएका थिए ।
उनीहरु फाल्गुनको अन्त्य तिर नेपाल आएका हुन् । उनीहरु नेपाल आएर सेल्फ क्वारेन्टाइनमा बसेका थिए । तथापि सँगै जहाजमा आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका सबैको स्वाब संकलन गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण सापकोटाका अनुसार साउदीबाट आएका दुई जना र उनका आफन्त दुई जना गरी ४ जनालाई स्वाव परीक्षणका लागि जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा पठाइएको बताए ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिए पनि स्वाब संकलन गरेर पठाउने तयारी भईरहेको बताए ।
साउदीबाट आएका भोजपुरका एक जनामा बैशाख ११ गते कोरोना पोजेटिभ देखिएको थियो । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना उपचार पछि निको भएका छन् ।त्यसैगरी उदयपुरबाट आएका देवचुली नगरपालिकामा रहेको एक जनाको पनि आज स्वाब संकलन गरी पोखरा परीक्षणका लागि पठाइने छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१