एजेन्सी । विश्वमा सबैभन्दा बढी कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु भएको छ। शनिबारसम्म अमेरिकामा कोरोना भाइरसका कारण निधन हुनेको संख्या १९ हजार ६ सय ६६ पुगेको छ। कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डोमिटर्स डट इन्फोका अनुसार नेपाली समय अनुसार शनिबार साँझसम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या १९ हजार ६ सय ६६ पुगेको हो। अमेरिकामा ५ लाख ६ हजार ८ भन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ। त्यस्तै युरोपेली राष्ट इटालीमा पनि १८ हजार ८ सय ४९ जनाको ज्यान गइसकेको छ। इटालीमा १ लाख ४७ हजार ५ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन्। ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१