काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र एसईई परीक्षा संगै गर्ने तयारी थालेको छ । कक्षा १२ को परीक्षा यही बैशाखमा हुँदैछ । सोही अनुसार एसईई परीक्षा पनि सोही मितिमा गर्ने तयारी सुरु गरिएको छ । सरकारले कोरोना भाइरस ( कोभिड–१९) का कारण चैत ६ गतेबाट हुने एसईई तत्कालका लागि स्थगित गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ। कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको छ। एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्चालन गर्न सकिने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए उनले भने एकै चोटी दुइटै परीक्षा गर्न सकिने भएकाले लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढाउँछौं ।’ तर सरकारले लकडाउनको अवधि बढाउने या खुल्ला गर्ने निर्णय गरेको छैन । सरकारले पछिल्लो समय बढाएको अवधि अनुसार यही चैत २५ गते रातीबाट लकडाउन सकिदैछ । तर लकडाउन बढाउने या अन्त्य गर्ने निर्णय सरकारले गरेको छैन ।
नारायणी अनलाइनबाट
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१