काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । आज भएको परीक्षणमा दोहोबाट काठमाडौं आइपुगेका व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनका अनुसार संक्रमित व्यक्ति चैत ४ गते दोहा हुँदै नेपाल आएका थिए । नेपालमा आजसम्म ११८४ जनामा कोरोना परीक्षण भइसकेको छ । जसमध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी सबेको रिपोर्ट नेगेटिभ रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१