कावासोती । नेपाल तरुण दल नवलपुरले लकडाउनका कारण खाद्यान्न संकट व्यहोरी रहेका घर परिवारलाई बुधबार बिभिन्न क्षेत्रमा खाद्यान्न सहयोग गरेको छ । नेपाल तरुण दल नवलपुरका सभापति सुर्य गुरुङ नेतृत्वमा बुधवार मध्यविन्दु नगरपालिका र कावासोती नगरपालिका क्षेत्रमा खाद्यान्न सहयोग गरिएको हो । मध्यविन्दु नगरपालिकामा ३ कुइन्टल ९० किलो चामल, ६० किलो दाल र ६० पोका नुन नगरपालिका प्रमुख चन्द्रबहादुर रानालाइ हस्तान्तरण गरिएको छ । त्यसैगरी मध्यविन्दु नगरपालिकाको वडा नम्वर २ मा रहेका असाहाय ८ जनालाई वडा अध्यक्ष नारायाण प्रसाद पौडेलको रोहवरमा ६ किलो चामल, ३ किलो दाल र १ पोका नुन का दरले विरतण गरिएको छ ।
त्यसैगरी कावासोती नगरपाकिाको पिठौलिमा रहेको वद्धाश्रम मा वृद्धवृद्धाहरुका लागि ३० किलो चामल, ८ किलो दाल र ४ पोका नुन हस्तान्तरण गरिएको तरुणदल नवलुरका सभापति सुर्य गुरुङले जानकारी दिए । त्यसैगरी कावसोती नगरपालिका वडा नम्वर १५ र १७ का ९/९ घर लाई वडा अध्यक्षको रोहवरमा खाद्यान्न वितरण गरिएको जनाइएको छ । खाद्यान्न वितरण कार्यमा नेपाली कांग्रेस नवलपुरका सल्लाहाकार महेन्द्र पोख्रेल , तरुणदल नवलपुरका सभापति सुर्य गुरुङ , तरुणदल पूर्ब क्षेत्रिय सभापति राजन सुबेदी , नेपाल बिद्यार्थि संघका निवर्तमान केन्द्रीय सदस्य आरसी भट्टराई सहितको उपस्थिति रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१