ज्ञानु पंगेनी
नवलपुर । रिटर्नी माइगे्रन्ट नेपाल नवलपुर शाखाले जिल्लाका स्थानीय तह तथा विभिन्न संघसस्थाहरुलाई निःशुल्क माक्स वितरण गरेको छ ।
जिल्लाभित्र ५ हजार थान माक्स वितरण गर्ने लक्ष्य अनुसार पहिलो दिन बुधबार १२ सय ७० थान माक्स वितरण गरिएको रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतले जानकारी दिए ।
कोराना भाइरसबाट सुरक्षित हुनका लागि अहिले माक्स आवश्यक परिररहेको र स्वास्थ्य संस्थाहरुमा समेत नपाइएकाले आफुहरु ५ हजार थान माक्स मगाएर जिल्लामा वितरण गर्ने कार्य गरेको थनेतले जानकारी दिए ।
कावासोती नगरपालिकामा रहेको मध्यविन्दु जिल्ला अस्पताललाई ५ सय थान , नेपाल रेडक्रश सोसाईटी कावासोती उपशालाई १ सय ५० थान , सूर्यकिरण कृषि सहकारी संस्था मध्यविन्दु १५ लाई २ सय थान , मध्यविन्दु नगरपालिकाको कार्यालयलाई ३ सय थान , प्रहरी कार्यालय अरुणखोलालाई २० थान र मध्यविन्दु नगरपालिका वडा नम्बर १२ का गोपाल खनाल मार्फत् १ सय थान गरेर १२ सय ७० थान माक्स वितरण गरिएको हो ।
बाँकी रहेका माम्स पनि क्रमशः वितरण गर्दै जाने रिटर्नी माईगे्रन्ट नेपाल नवलपुर शाखाका सचिव दिपेन्द्रराज थनेतले जानकारी दिए । रिटर्नी माइग्रेन्ट नेपाल सचिवालय सदस्य काजी थापा , जिल्ला अध्यक्ष भिम वहादुर महतो , उपाध्यक्ष सुमिर तिवारी लगायतको सहभागितामा वितरण गरिको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१