नवलपुरका ७ जनाको कोरोना परिक्षण ,सातै जनामा कोरोना नभएको पुष्टि
नमुना पोष्टप्रकाशित मिति: २०७६ चैत्र १९, बुधबार (५ साल अघि)
Advertisement
दयाराम आचार्य
कावासोती । कोरोना आशंकामा परिक्षणकालागि पठाईएका सात जनाको रिपोर्ट नेगेटिभ आएको छ । नवलपरासी पूर्व नवलपुरका ७ जनाको कोरोना परिक्षणकालागि स्वाब संकलन गरि काठमाण्डौ पठाईएकोमा सातै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूूर्वका प्रमुख केशव प्रसाद चापागाईले बताउनु भएको छ । कावासोती र मध्यविन्दु नगरपालिका गरि सात जनाको कोरोना परिक्षणकालागि नमूना पठाईएको थियो । कावासोतीका तीन र मध्यविन्दुका चार जनाको नमूना संकलन गरि चैत १७ गते परिक्षणकालागि पठाईएको थियो । उनिहरु सबैजनाको रिपोर्ट आज आएको हो । सात जना मध्य एक जना कतार र एक जना दुवई बाट आएका थिए । उनिहरु मध्य एक जना कोरोना पुष्टि भएका बाग्लुङकी युवती र एक जना धनगढीका युवा आएकै फ्लाईटमा आएका थिए । अन्य पाँच व्यक्ति यि दुईजनाको सम्पर्कमा आएका व्यक्ति भएकाले उनिहरुको समेत स्वाब परिक्षण गरिएको थियो । नवलपरासी पूर्व नवपुरबाट हाल सम्म शंकास्पद ७ जनाको कोरोना भाइरस परिक्षण गरेकोमा सबै जनालाई कोरोना नभएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख चापागाईले बताउनु भएको छ । यि बाहेक अन्य दुई जनाको समेत कोरोना भाइरस परिक्षणकालागि काठमाण्डौ पठाइएको छ । उनिहरु दुवै जनाको रिपोर्ट भोली सम्ममा आईपुग्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।