कावासोती । विश्वमा फैलिराखेको कोरोना भाईरसबाट दैनिक रुपमा काम गर्ने व्यक्तिहरुलाई पर्न जाने असरको न्युनिकरणको लागि देवचुली नगरपालिकामा नगरपालिकाद्धारा सुरु गरिएको खाद्यान्न बैँकमा जागृति बाल तथा युवा सरोकार नेपाल र कन्नालन स्विजरल्याण्डले एक लाख एक हजार बराबरको खाद्यान्न सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले एक विज्ञप्ती जारी गर्दै यस्तो विषम परिस्थितीमा सवैले सहयोग गर्नुपर्ने र नगरपालिकाले रचनात्मक कार्य सुरु गरेको हुदा संस्थाको कार्यक्षेत्र पनि त्यही भएकोले सो अभियानमा सरीक भएको बताए । साथै संस्थाद्धारा जारी प्रेश विज्ञप्तीमा यस्ता महामारीहरुमा बालबालिकाहरु, किशोरीहरु र जेष्ठ नागरिकहरुलाई बढी असर पुग्ने र हिंसा, दृव्र्यवहारको समेत शिकार हुन सक्ने भएकोले उनीहरुलाई प्रथम प्राथमिकतामा राखी सेवाहरु प्रदान गर्न र संरक्षण प्रणालीको समेत विकासको लागि आग्रह गरिएको छ । विपद्को बेलामा बालबालिकाहरु र अन्य व्यक्तिहरुमा मानसिक रुपमा समेत आउन सक्ने समस्याहरुको न्युनिकरणको लागि समेत संस्थाबाट स्वयमसेवकहरुको समेत परिचालन गर्न सक्ने र यसको लागि सम्बन्धित निकायहरुले समेत पहलको लागि आह्वान गरिएको छ । साथै सम्पूर्ण महानुभावहरुलाई नेपाल सरकारले आह्वान गरेको सुचनाहरुको पालनाको लागि समेत संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१