दीपक भट्टराई
कावासोती । लकडाउनका कारण नवलपुरको पहाडी क्षेत्र कालीगण्डकी कोरीडोरमा काम गर्नै ३०० सय मजदुर अलपत्र परेकाछन । कालीगण्डकी कोरीडोरमा काम गर्न पुगेका रोल्पा रूकुम दैलेख ,सल्यान बाके लगाएतका मजदुर लकडाउनका कारण घर जान नपाएका कारण अलपत्र परेका हुुन् । नवलपुरको पहाडी गाउँ कालीगण्डकी कोरीडोरमा काम गर्न आएका दैलेखका सन्तोष राउतले आर्थिक अभाबका कारण घर फर्किन नपाएको गुनासो गरे । उनले टेलिफोनमा भने दाल चामल सबै सकियो काम गरेको पैसा पनि पाउन सकिएन । सबै मजदुर भौकै बस्नु पर्ने भो भन्दै दुख पोखे । उनले आफुसगै काम गर्ने बुलिङटारमा ३ सय मजदुर रहेको उनले बताए .
उनले भने ठेकदार सग पैसा माग्यो बैंक बन्द छ भन्छ पैसा नभएपछि खाली हात कसरी घर पुग्ने रासनको पैसा तिर बल्ल घर जाउ भन्छन ठेकदारले पैसा दिदैन अनि कसरी घर जाने उनले भने । कालीगण्डकी कोरीडोरको ठेक्का आषिष कन्ट्ररकशनले पाए पनि उनिहरू पेटी ठेकदार मार्फत काम गर्दै आएका छन । नेकपा नवपुरका सचिब मित्र शरण शर्माले मजदुरबाट गुनासो आएपछि अलपत्र परेका मजदुरलाई घर फर्ककाउन जिल्ला प्रशाशन कार्यलय सग समन्वय गरिरहेको उनले बताए । नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सम्बधित निर्माण कम्पनीले काम बन्द गरेको र मजदुरको संख्या र पठाउनु पर्ने जिल्लाको सिफारिस दिएमा जिल्ला प्रशासन कार्यलयबाट पास उपलब्ध गराउने बताए । घिमिरेले यातायात खर्चको पनि निर्माण कम्पनीले नै बुझाउनु पर्ने बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१