एजेन्सी। इटालीमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्याले नयाँ उचाइ लिएको छ । शुक्रबार एकै दिन इटालीमा कोभिड–१९ का कारण ९ सयजना भन्दा बढीको ज्यान गएको हो । कोरोना भाइरसको महामारी फैलिय यता एकै दिन धेरैको ज्यान जाने दिन बनेको शुक्रबार इटालीमा ९१९ जनाको मृत्यु भएको हो । योसँगै इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १३४ पुगेको छ ।
युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा प्रायः सबै चिज बन्द रहेका छन् । तर पनि संक्रमितको मृत्यु हुने क्रम भने कम हुन सकेको छैन । लकडाउन अप्रिल तीनपछि पनि लागु हुने शुक्रबार सरकारी अधिकारीले बताएका थिए । कोभिड–१९ कारण सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्र लोम्बार्दीमा ज्यान गुमाउनेको संख्या तीव्र बढेको हो । नयाँ संक्रमण दर भने बिहीबार भन्दा केही कम देखिएको छ । शुक्रबार इटालीमा पाँच हजार ९५९ जनामा नयाँ संक्रमण देखिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१