कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले लकडाउनको अवज्ञा गर्नेलाई कानुनी कारवाही गर्ने जनाएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरसको महामारीबाट बच्नका लागि सरकारले गरेको लकडाउन पूर्ण रुपमा पालना गर्न आम नागरिकमा अपिल समेत गरेको छ ।
सूचनामा भनिएको छ – कोही कसैले आदेश विपरित कार्यहरु गरे, गराएको पाइएमा प्रचलित कानुन बमोजिक कारवाही हुने जनाइएको छ । त्यसैगरी नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गराउन आज मंगलबार विहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्म नवलपुर जिल्ला लकडाउन गरिएको जनाइएको छ ।
यो समयमा औषधि उपचार खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक अन्य काममा घर बाहिर ननिस्कन सबैलाई आग्रह समेत गरिएको छ । त्यसैगरी अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको जनाइएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१