काठमाडौं । नेपालमा कोरोना संक्रमण आशंकामा अहिलेसम्म ४३७ जनाको नमुना ९रगतरर्याल० परीक्षण गरिएको छ । एकजनामा मात्रै पोजेटिभ देखिएको छ । तर, उनी पनि सन्चो भएर घर फर्किसकेका छन् ।कोरोना आशंकामा हाल पाँचजनालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ । आइसोलेसन भनेको शंकास्पद व्यक्तिलाई उसको नमुना परीक्षणको रिपोर्ट नआउन्जेल अस्पतालको अलग्गै वार्डमा राख्नु हो ।
अहिले दैनिक १-२ जना कोरोना परीक्षणका लागि अस्पताल आउने गरेको जानकारी छ ।नमुना परीक्षण गरिएका उल्लिखित ४३७ जना चीनबाट उद्धार गरी ल्याइएका १७५ विद्यार्थीसमेत जोडिएको संख्या हो । चीनबाट ल्याइएका कसैमा पनि कोरोना देखिएन । यसअघि चीनको उहानबाट आएका तराईका एक विद्यार्थीमा भने कोरोना संक्रमण देखिएको थियो । तर ती ३१ वर्षीय विद्यार्थी टेकु अस्पतालमा उपचारपछि अहिले पूर्ण रूपमा स्वस्थ छन् । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेपछि सरकारले सतर्कता अपनाएकोे, तर आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१