कावासोती । नजिकिदै गरेको नेपालीहरुको महान चाँड महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसरमा नेपाली सेनाले जिल्लाका विभिन्न स्थानमा सरसफाई गरेको छ । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रीको दिनलाई सेना दिवसको रुपमा मनाउने गरेको छ । सेना दिवसको अवसरमा बुधबार नेपाली सेनाको कावासोतीस्थित श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षा गण हात्तिखोर र राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोरले कावासोती ६ को गणेश मन्दिर तथा सर्वेश्वर शिवालय मन्दीरमा सरसफाई गरेको छ । सरसफाई कार्यक्रममा ८० सेनाको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा स्थानियको पनि उपस्थिति रहेको थियो । यस अघि पनि नेपालि सेनाले जिल्लाको बिभिन्न स्थानमा सरसफाई लगायत बिभिन्न वन तथा पर्यावरण सुरक्षा सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्ने गरेको छ ।
यस्तै मंगलबार पनि सेनाले कावासोती १ को माहाराजा मन्दीर परिसरमा सरसफाई गरेको थियो । साथै सप्ताहव्यापि कार्यक्रम अन्तर्गत ऐतिहासिक पुरातात्विक सम्पदाहरु , धार्मिक मठ मन्दिर लगातका स्थानमा स्थानियको सहकार्यमा सरसफाई गरिने श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षा गण हात्तिखोरका गणपति प्रमुख सेनानी शारदाभक्त्त मटांगुलुले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१