चितवन । चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा रकम र अन्य सहयोग आउनेक्रम जारी छ । आज (शुक्रबार) पनि विभिन्न संघसंस्था, दाता र स्थानिय सरकारले सहयोगको घोषणा गरेका छन् ।
भरतपुरसंग सिमा जोडिएको नवलपुरको गैडाकोट नगरपालिकाले १ करोड बराबरको सालको काठ दिने भएको छ । गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले महायज्ञस्थल पुगेर सो रकम बराबरको सालको काठ सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले रंगशाला निर्माणमा हातेमालो गर्न छिमेकी नगरपालिकाले काठ सहयोग गरेको बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१