कावासोती । एक महिलालाई ‘जवरजस्ती करणी’ गरेर फरार रहेका अहेव पक्राउ परेका छन् । जवरजस्ती करणी अभियोगमा मुद्दा चलाइएका बुलिङटार –४ अर्खला स्वास्थ्य चौंकीमा कार्यरत छैठौ तहका अहेव टोक बहादुर सुस्लिङलाई आइतवार जिल्ला प्रहरी कार्यालय कावासोतीको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी उपरिक्षक मोहनप्रसाद पोखरेलका अनुसार घटना घटेको १० दिन पछि सुस्लिङ पक्राउ परेका हुन् । माघ २ गते साँझ ४० बर्षीय महिलालाई जवरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।
प्रहरीले पक्राउ परेका अहेवलाई जिल्ला अदालतबाट ५ दिनको थुनामा राखी अनुसन्धान गर्ने गरी म्याद लिएको र घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले सरकारी कर्मचारी भएकाले जिल्ला स्वास्थ्य कार्यालय नवलपुरलाई अभियोग बारे पत्राचार गरिसकेको जनाएको छ । नैतिक पतन देखिने काम भएकाले त्यस्ता कर्मचारीलाई कडा कारबाही हुनुपर्ने महिला अगुवा लिला भण्डारीले बताइन् । गाउँमा पहिला –पहिला पनि यस्ता घटना घट्दा गाउँले बसेर मिलापत्र गर्न जनपतिनिधिहरुले दवाव दिने गरेकाले आरोपितहरुको मनोबल बढ्ने गरेको भन्दै स्थानीयबासीले टोकबहादुर सुस्लिङलाई पक्राउ गर्न प्रहरीलाई दवाव दिएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१