कावासोती । गण्डकी प्रदेशसभा सदस्य (सांसद) ओमकला गौतमको छोराको मृत्यु भएको दश दिन पछि घटनाको रहस्य खुलेको छ ।
गत मंसिर १८ गते रातीको समयमा दुर्घटनामा परी प्रदेशसभा सदस्य गौतमको ३६ बर्षिय छोरा नबिनराज गौतमको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको लामो अनुसन्धान पछि मृत्युको कारण खुलेको हो । मृतक गौतम रातिको समयमा पूर्बपश्चिम रार्जमागको देबचुली १५ प्रगतीनगर सडक छेउमा घाईते अवस्थामा रहेको र उनको उपचारको क्रममा सोही दिन राति भरतपुर अस्पतालमा मृत्यु भएको थियो । रातिको ११ बजेको समयमा पूर्बबाट पश्चिम तर्फ ना ३२ प ८३९० नम्बरको स्कुटर मृतक गौतम सवार थिए । उनी बिपरीत दिशाबाट आउदै गरेको लु २ ख ३१९ नम्बरको ट्रकमा ठक्कर खान पुग्दा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । अहिले लु २ ख ३१९ नम्बरको ट्रक र उक्त्त ट्रक चालक बुटवल १८ का ३८ बर्षिय दिपक थारु जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१