पोखरा । गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौनहिंसा भएको बताएकी छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । भण्डारीले भनिन्, ‘पुरुषसांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ ।
तर, इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?,’ उनले भनिन् । पढेलेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेको उनले गुनासो गरिन् । अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठोक्किँदै हिँड्छन्, गफ गरेर बसेका छौँ भने जिस्किँदै रफ शब्द बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१