काठमाडौं । ‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीसँग हालसालै बिहे गरेकी शारदा पाण्डेका विरुद्ध उजुरी दिएकी युवतीले नक्कली विवाह गराएको भिडियो सार्वजनिक गरेकी छन् । शारदाले आफ्ना पूर्वपतीसंग नक्कली विवाह गराई अमेरिका लैजाने भन्दै ठूलो रकम लिई ठगी गरेको अभियोगमा प्रहरीमा उजुरी दिएकी महिलाले भिडियो सार्वजनिक गरेकी हुन्।
चितवनकी विन्दु न्यौपानेले ठ’गी गरेको जाहेरी दिएपछि प्रहरीले सोधपुछका लागि शारदालाई निय’न्त्रणमा लिएको छ । पूर्वपति गोविन्द अधिकारीसँग बिहे गराउँदा भएको सम्झौता कार्यान्वयन नभएपछि ती युवतीले पाण्डेवि’रुद्ध उजुरी गरेकी थिइन्। प्रहरीका अनुसार ती युवतीलाई अमेरिका पठाउने भनी आफ्ना पूर्वपतिसँग पाण्डेले बिहे गराई पैसा लिएर पनि अमेरिका नलगेपछि ती युवतीले प्रहरीमा दिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक रमेश सिंहले बताए।
न्यौपानेले आफ्नो न’क्कली विवाह गराउँदाको भिडियो मिडियामा सार्वजनिक गरेकी छन् । जुन भिडियोमा शारदा आफ्ना पतिसंग अर्की महिलाको विवाह गराउँदै गरेको अवस्थामा देखिन्छिन् । शारदाले आफ्ना पूर्व श्रीमानलाई दाई भनेर परिचय गराएको र विवाह गराएको विन्दुले बताइन् । आफ्ना पति बाबुराम अधिकारीलाई विन्दुसंग विवाह गराएर ७० लाख रुपैया लिएको भन्दै शारदा वि’रुद्ध उ’जुरी परेको हो।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१