धनकुटा । साँगुरीगढी गाँउपालिका–५ तुङ्खाका बासिन्दा यतिबेला त्रा समा छन् । गाउँका ठाउँ ठाउँमा अचानक पानीको मुल फु टेर जमिननै चिरा चिरा पर्न थालेपछि उनीहरुको चिन्ता चुलिएको हो ।
सामान्यतया पानीको मुल बर्खामा मात्र फुट्ने गर्छ । तर धनकुटाको साँगुरीगढि गाँउपालिका वडा नम्बर पाँच तुङ्खामा अचानक पानीको मुल फुटेर जमिन नै चिराचिरा पर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
गत कात्तिक ३ गते स्थानीय आषमाया याख्खाको बारीमा बिस्फोटको आवाजसहित पानीको मुल फुट्यो । जसका कारण जग्गामा धाँजा फाट्नुको साथै घर समेत चर्कियो । केहि दिन पछि पानी बन्द भयो ।
तर कात्तिकको दोस्रो साता पुन पानी आउन थाल्यो र जमिन चिरा चिरा हुन पुग्यो । याख्खासहित अन्य केही स्थानीयको घर चर्किएको छ भने एक दर्जन भन्दा बढिको खेतबारीमा धाँजा फाटेको छ ।
तीन वर्ष अघि माघ महिनामा पनि सो स्थानमा यस्तै घटना घटेको स्थानीय बताउँछन् । यहाँ पानी सुरुमा धेरै प्रेसरले निस्कने, पानीसँगै लेदो निस्कने र त्यो पानी गन्हाउने गरेको स्थानीय सुक्रराज लिम्बु बताउँछन् ।
मुल फुटेको ठाँउवाट लेदो सहितको पानी निस्किए पनि त्यहाँ भन्दा करिब ३ सय मिटर वरपरका अन्य पुराना मुलबाट भने सङ्ंलो पानी आउने गरेको छ । गाँउमा घटेको सो अनौठो घटनाका कारण अहिले सो क्षेत्रमा त्रास उत्पन्न भएको छ ।
सोहि घटनाका कारण गाँउमा बस्न समस्या भएको स्थानीय सुरेन्द्र याख्खाको भनाइ छ । उनीहरुले सो स्थानमा सुरक्षित महसुस गर्न नसकेको भन्दै बिज्ञ सहितको टोली आएर अध्ययन अनुसन्धान गनुपर्र्ने माग गरेका छन् ।
– कविराज घिमिरे/ ईमेज
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१